शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भारत-पाकिस्तान तनाव : आइपीएल स्थगित

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रद्द गरिएको छ ।

पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय गरेको हो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ ।

त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । हिजो आइपीएलको खेल चलिरहेकाे बेला फ्लड लाइट बन्द गरिएको थियो ।  पछि खेल नै स्थगन गरिएको थियाे ।

सुरक्षाकै कारण पाकिस्तानमा भइरहेको पीएसएल पनि स्थगन भएको छ ।