बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

खासै बढ्न सकेन बैंकहरुको नाफा

२० वटा बैंकहरुले नौं महिनामा कमाए ४१ अर्ब

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । निक्षेप बढेको भएपनि अर्थतन्त्र सुस्त हुंँदा बैंकहरुको कर्जा बढ्न सकेको छैन । कर्जा बढ्न नसक्दा बैंकहरुको व्याज आम्दानी घटेको र यसको प्रभाव बैंकहरुको खुद मुनाफामा देखिएको छ ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेसे त्रैमासिक अपष्किृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले पछिल्लो अवधिमा ४१ अर्ब २५ करोड १० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । बैकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ४० प्रतिशतले मात्र बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ४० अर्ब ६८ करोड २९ लाख रुपैंयाँ रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बाँणिज्य बैकहरुले मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले पाँच अर्ब पाँच करोड १४ लाख १९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले चार अर्ब ७१ करोड सात लाख ९९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । एभरेष्ट, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले भने यस अवधिमा क्रमशः तीन अर्ब ४५ करोड ७६ लाख ३६ हजार, दुई अर्ब ७८ करोड ३४ लाख ९४ हजार र ९६ करोड १९ लाख ३९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । हिमालयन, नेपाल एसबिआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने क्रमशः ५० करोड, एक अर्ब २० करोड ३२ लाख र चार अर्ब ५४ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । लक्ष्मी सनराईज, कुमारी र प्राईम कर्मसियल बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब ६५ करोड २१ लाख, २८ करोड ५८ लाख र दुई अर्ब २२ करोड ९३ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार एनआईसी एशिया, सानिमा र प्रभु बैंकले भने पछिल्लो अवधिमा क्रमशः १५ करोड ६७ लाख ७० हजार, एक अर्ब ६५ करोड २४ लाख र एक अर्ब ८७ करोड ६० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी सिद्धार्थ, कृषि र स्टान्र्डड चार्टड बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ६८ करोड ८२ लाख, एक अर्ब ८४ करोड ४४ लाख र दुई अर्ब १७ करोड ३७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । एनएमबी, राष्ट्रिय बाँणिज्य बैंक र माछापुच्छे बैंकले पनि पछिल्लो अवधिमा क्रमशः दुई अर्ब ३७ करोड ३२ लाख, एक अर्ब २० करोड ४३ लाख र एक अर्ब १० करोड २६ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।