आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

सोमबार, बैशाख १५ २०८२

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

महासंघकाअनुसार आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।