काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँ वृद्धि भएको हो । बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।