सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जम्मू-कश्मिर आक्रमणमा मारिने नेपालीमा बुटवलका सुदीप न्यौपाने

बुधबार, बैशाख १० २०८२

काडमाडौं । बन्दुकधारी सशस्त्र समूह लस्कर ‘ ए ‘ तोयबा आबद्ध द रिसेस्टेन्स फ्रन्टले मंगलबार भारतको जम्मू-कश्मिरमा गरेको आक्रमणमा एक नेपालीको मृत्यु भएको छ ।

आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ ।

उनी ४ दिनअघिमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पुष्टि भएको छ।

आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको बुटवल १४ का वडाध्यक्षसमेत रहेका उनका काका दधिराम न्यौपानेले बताए । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको काका दधिरामले बताए ।

भारतीय सञ्चारमाध्यले सो आक्रमणमा एक नेपाली र अन्य दुई विदेशी पर्यटकसहित  २६ जनाको मृत्यु भएको जनाएका छन् । थप ३६ जना घाइते भएका छन्।

मृत्यु हुने मध्ये १६ जनाको नाम भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । नाम सार्वजनिक गरिएका उनीहरू मध्ये एक जना नेपाली भएको जनाइएको छ ।

आक्रमणमा भारती नौसेनाका अधिकारी, सर्वसाधारण र केही विदेशीसमेत परेको जनाइएको छ । आक्रमण गरिएको स्थान जम्मुकस्मिरको पर्यटकीय स्थल हो ।