बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको आग्रह

आइतबार, बैशाख ७ २०८२

काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गराउन आग्रह गरेको छ । आइतवार महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

शैक्षिक आम हड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा महासंघले विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक-कर्मचारीलाई महासंघले आग्रहसमेत गरेको छ ।