बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कुहिएको चिकेन बेचेर बनाएको केएफसीको हाइट कहिलेसम्म ?

बिरामी पर्न थाले केएफसीका ग्राहक

आइतबार, बैशाख ७ २०८२

काठमाडौं । केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा विभिन्न शाखाहरु विस्तार गरेर सेवा दिइरहेको छ । यसको बजार विश्वभरि नै प्रख्यात छ । नेपालमा समेत बालबच्चा, युवा देखि बुढापाकाहरु केएभसीमा बनेका परिकार मन पराउने गर्दछन् । जहाँ चिकेनको परिकार जस्तै हट एण्ड क्रिष्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकार पाउने गर्दछ ।

केएफसीमा भएका कमजोरीहरु बेलाबेलामा चर्चामा आउने पनि गरेको छ । यसका परिकारमा भएका कमजोरी सन्चारमाध्यमले लेखेका पनि छन् । तर ठुलै गिरोहको दबाबबिच त्यस्ता चर्चाहरु विभिन्न कारणले सेलाउने गरेको छ । नेपालमा यसमा किनिने सामाग्रीहरुको मुल्यबारे पनि बेलाबेलामा विरोध आउने गरेको छ ।

यसैबिच केएफसीमा पाइने परिकार खाएर केही मानिसहरु विरामी परेका छन् । भक्तपुरमा रहेको केएफसीमा पाइने विभिन्न परिकार खाएर विरामी परेका हुन् । भक्तपुरमा रहेको केएफसीमा चिकेनको केही परिकारमा खानयोग्य नरहेको एक ग्राहकले तीनघुम्तीलाई बताए । उनले कुहिएको चिकेन राखेर विभिन्न परिकार बनाएको हुनसक्ने बताए । ‘केहि साथिहरु मिलेर केएफसीका विभिन्न परिकारहरु अर्डर गर्यौ, हामीमध्येको एक जना साथि केएफसीको परिकार लिन गएको हो, खाँदै गर्दा खराब वास्ना आएपनि हामी सबै मिलेर खायौ तर त्यसको केहि समयपछि हामी सबै जना विरामी भयौ’ एक बिरामी ग्राहकले भनेँ, ‘केएफसीका परिकार कुहिएको चिकेनबाट बनाएको कारणले नै यस्तो किसिमको बिरामी भएको हो’ ।
यससम्बन्धी थप सामाग्री लिएर आउनेछौँ ।