काठमाडौं । शर्मीला वाइवामाथि रड प्रहार भएको छ ।
काठमाडौंको बौद्ध क्षेत्रमा उनीमाथि रड प्रहार भएको हो ।
रड प्रहारपछि उनको टाउकोमा गम्भीर चोट लागेको भए पनि खतरामुक्त रहेको जनाइएको छ ।
प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा रड प्रहार गरिएको पाइएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धान जारी रहेको बताउँदै वाइवाको अहिले काठमाडौंको बौद्धस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।