सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ ।

यसैबीच आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले परीक्षाका कुनैपनि काममा सहभागी नहुन शिक्षकहरुलाई अपिल गरेको हो ।

कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु हुँदैछ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् ।

सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयसँग वार्ता र संवादमा बस्दा पनि माग पूरा गराउन सरकार गम्भीर नदेखिएकाले आन्दोलनलाई थप चर्काउन बाध्य भएको महासङ्घले जनाएको छ ।