सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

दुर्गा प्रसाईंसँगै अंगरक्षक खड्कालाई पनि काठमाडौं ल्याइँदै

शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं । तीनकुने आन्दोलनमा अराजकता मच्चाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले जहाजबाट काठमाडौं ल्याउँदै छ ।

झापाको पूर्वी इलाकाबाट प्रहरीको नियन्त्रणमा परेका उनलाई भद्रपुरबाट बिमानबाट काठमाडौं ल्याइँदैछ । उनीसँगै उनका अंकरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याउन लागिएको हो ।

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरिएको थियो ।

प्रसाईंलाई खड्कासँगै भद्रपुरबाट काठमाडौं ल्याइँदैछ ।

प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएका थिए । जहाजभित्र पसाउने बेलामा भने हत्कडी खोलिएको थियो ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएका प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।

घटनालगत्तै फरार भएका प्रसाईं भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।

हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो ।