सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली

बिहिबार, चैत्र २८ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो सवा २ बजे सबै मन्त्री र सचिवसँग छलफल गर्ने लागेका हुन्।

प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।

सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।