बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बार निर्वाचनको पछिल्लो मतपरिणाम : अध्यक्षमा मिश्रले बढाए मतान्तर

मंगलबार, चैत्र २६ २०८१

काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो ।

अहिलेसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, पर्सा, हेटौडा, बागलुङ, सिराहा, सर्लाही, रौतहट, बारा, तनहुँ र स्याङ्जाको मत मतगणना सकिएको छ ।

जारी गणनाको पछिल्लो अपडेटअनुसार कांग्रेस-एमाले प्यानलले मतान्तर फराकिलो पार्दै लगेको छ ।

उक्त मत गणनामा अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले ९ सय ३३ मत पाएका छन् भने व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ सय ५६ मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीचको मतान्तर ३ सय ७७ रहेको छ ।

त्यस्तै, बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट महासचिवको उम्मेदवार केदार कोइरालाले ९ सय २७ मत र व्यावसायिक कानुन व्यवसायी समूहका उम्मेदवार यज्ञमणि न्यौपानले ४ सय ८७ मत पाएका छन् ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।