सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

तनावकाबीच काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी

मेयर बालेनलाई उपमेयर डंगोलको चेतावनी : कोठामा बसेर निर्देशन मात्र नदिनुहोला

बिहिबार, चैत्र २१ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर भएका छन् ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो ।

कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए ।

उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गराए ।

साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए ।

प्रमुख बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो ।

आज कर्मचारीहरुले ताल फोडेर गुरागाईंलाई हाजिर गराए । प्रमुख बालेन्द्र साहले गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए ।

यसैबीच महानगरपालिकाकी उपमेयर डंगोलले कोठामा बसेर निर्देशन मात्र नदिनका लागि मेयर बालेन साहलाई चेतावनी दिएकी छिन् । अहिले उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको छ ।

उनले कर्मचारी हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो नभएको बताउँदै कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु राम्रो नभएको बताइन् ।

मनमुटाव संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको उनले बताइन् ।