सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बालेनले खटाएका नगर प्रहरी छिचोल्दै कार्यालय पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

बिहिबार, चैत्र २१ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् ।

बिहीबार उनी हाजिर भएका हुन् । केही जनप्रतिनिधि र कर्मचारीको सहयोगमा उनी कार्यालय प्रवेश गरेका हुन् ।

उनलाई रोक्न मेयर बालेन शाहले महानगर नगर प्रहरी खटाएका थिए ।

केही बेरअघि प्रशासकीय अधिकृतलाई कर्मचारी र जनप्रतिनिधहरूले स्वागत गरेका थिए । तर, बाक्लो संख्यामा परिचालिन नगरप्रहरीले रोक्न खोज्दा मुठभेडको अवस्था आएको थियो ।

कर्मचारी र जनप्रतिनिधको भिडले अधिकृतलाई सुरक्षा दिँदै कार्यकक्षमा लगेका थिए । यस क्रममा नगरप्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।