काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज तेस्रो दिनपनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि जारी बहस बुधबार पनि नसकिएपछि दुवै निवेदन हेर्दाहेर्दैमा राखिएको थियो ।
जसअनुसार आज पनि सुनुवाइ हुने भएको हो । सरकारले यहि चैत ११ गते कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
कुलमानले आफ्नो पदावधि पदावधि ४ महिना बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै सर्वोच्चमा पुर्ननियुक्तिका लागि अन्तरिम आदेश माग गरेका छन् ।
हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका छन् ।