बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसद्को विषय संसदबाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो : रवि लामिछाने

मंगलबार, चैत्र १९ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गर्दै बसेको बताए ।

कास्की, काठमाडौं, रूपन्देही र चितवन गरी चारवटा जिल्लामा सहकारीसम्बन्धी मुद्दा दर्ता भएर पनि लामिछाने चारैतिर धरौटीमा रिहा भइसकेका छन् ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा भने अगाडि बढ्न नसकेपछि उनले यस्तो आक्रोस पोखेका हुन् ।

उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् भएकाले संसद्मा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताए ।

सभापति लामिछानेले भने, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् नै हो। सदनको यो सत्रको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्यूलाई निवेदन नै दिएको थिएँ। अदालतको ढोकामा पुऱ्याइएको मुद्दाका आधारमा निलम्बन हुनुहुँदैन भनेर कानुनी कुरा राखेको थिएँ। एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झगडा नै गर्ने भन्ने हुँदैन। पहिलो संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो। म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ।’