सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

रविले गरे सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह

मंगलबार, चैत्र १९ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका नेताहरूले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।

सभामुखको कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीति लगायत विषयमा छलफल भएको छ ।

भेटका क्रममा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेको छन् ।

यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

भेटका क्रममा सभामुख घिमिरेले यसले भोलि प्रतिशोधको रुप लिनसक्ने बताएको लामिछानेले जानकारी दिए।

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा विपक्षी बनाएर मुद्दा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।