सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री बोलिरहँदा राप्रपा सांसदले गरे हो-हल्ला

सोमबार, चैत्र १८ २०८१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

बैठक सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीले बोलिरहँदा प्रतिपक्ष दल राप्रपाका नेताहरुले होहल्ला गरिरहेका छन् ।

राप्रपाका सांसदहरुले उठेर होहल्ला गरिरहेपछि सभामुख घिमिरेले बस्न र प्रधानमन्त्रीको सम्बोधनपछि आफ्ना कुरा राख्न भनिरहेका छन् ।प्रधानमन्त्री ओलीले शुक्रबार तीनकुने घटनाका विषयमा बोलिरहँदा उनीहरुले होहल्ला गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन्।

चैत १५ गते राजावादीहरूले आपराधिक घटना गरेको भन्दै पूर्वराजाले पनि उन्मुक्ति नपाउने बताए।

उनले भने, ‘आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन। यसमा पूर्वराजाले पनि पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्षाहन गर्ने जनकमाण्डर, इतिहासले कुनमा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजन लुटपाट गर्ने व्यक्ति चुपचाप कसरी हुनसक्छ।’