सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकबाट पठायो जरिवाना-पत्र

आइतबार, चैत्र १७ २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।

महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान निर्मल निवास पुगेको थियो ।

जरिवाना पत्र बुझ्न नमानेपछि महानगरपालिकाको टोली फर्किएको थियो ।   पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइएको महानगर स्रोतले जनायो ।

शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।