सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पूर्वपञ्चहरुले सुरक्षाकर्मीलाई दोष थोपर्नुको कारण निर्मल निवासको थ्रेट : महासचिव पोखरेल

आइतबार, चैत्र १७ २०८१

काठमाडौं ।  एमाले महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रलाई बङ्गलादेशको मोडलमा सत्ता परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

दुर्गा प्रसाईँ जस्ता हुल्लडबाजलाई परिचालन गरेर आपराधिक क्रियाकलाप गराई दोष जति सुरक्षाकर्मीलाई बोकाएर आफू भने पानी माथिको ओभानो नबन्न पनि पोखरेलले पूर्वपञ्चहरु, पूर्वराजा र उनका मतियारलाई महासचिव पोखरेलले आग्रह गरेका छन् ।

शनिबार बसेको राप्रपाको केन्द्रिय कार्यसम्पादन समिति बैठकले शुक्रवारको जनप्रदर्शनका क्रममा भएको घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने निस्कर्ष निकालेको थियो । हिंसात्मक घटनामा सरकारको संलग्नता र सरकार नै हिंसा भड्काउन उद्धत रहेको राप्रपाले निस्कर्ष निकाललेकाे थियाे ।

यता राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन भन्दै प्रश्न गरेका थिए ।

एमाले महासचिव पोखरेलले त्यसको खण्डन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न जनकमाणडर तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरुले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभानो बन्न खोजिरहेका छन् राजावादीहरू, तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

दुर्गा प्रसाईँलाई दोष थोपरेर उम्कन खोजेका राप्रपाका संस्थापक पूर्वपञ्चहरुले अहिले सुरक्षाकर्मीलाई दोष थोपर्नुको कारण निर्मल निवासको थ्रेट भएको पोखरेलको विश्लेषण छ । घटना भएको दिन दुर्गा प्रसाईँ र उनका अनुचकारको काँधमा दोष थोपर्ने राप्रपाका नेताहरूको अहिले बोली फेरिएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

‘राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले, घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो तर निर्मल निवासको थ्रेटका सामु उनीहरू निरीह देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’, उनले लेखेका छन् ।

निर्मल निवासको अगाडि पूर्वपञ्चहरु निरीह भएको महासचिव पोखरेलको धारणा छ । ‘आँखादेखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पञ्चहरूको नियति’, पोखरेलको धारणा छ ।