काठमाडौं । काठमाडौंमा समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । कुशासन र गणतन्त्र विरोधीविरुद्ध समाजवादी मोर्चाले प्रदर्शन गरेको हो ।
भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।
समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् ।
अन्य रुटबाट पनि मोर्चाका नेता-कार्यकर्ताहरू आउने क्रमम जारी छ ।