सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

राजावादीकाे जुलुस नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी

शुक्रबार, चैत्र १५ २०८१

काठमाडौं। हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा सडक आन्दोलनमा होमिएका राजावादीहरुले काठमाडौंमा प्रदर्शन सुरू भएको छ।

उनीहरू काठमाडौंको तिनकुनेमा भेला भएर बानेश्वरतिर छिर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ ।

उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो ।

तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई तीनकुनेमा मात्रै सीमित राख्न खोजेको छ ।

प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।

शुक्रबार एकै दिन राजावादी र नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले आन्दोलनका कार्यक्रम गर्ने भएपछि सम्भावित तनाव रोक्न प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ ।