काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङले दायर गरेको रिटमा अन्तरिम आदेश दिएन ।
विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध उनी अदालत गएका थिए ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
कुलमान अदालत गएसँगै सरकारले कुलमान हटाएर उनको ठाउँमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यपनि अदालत नै पुगेका छन् ।
एकै प्रकृतिको मुद्दा भएकाले पहिले आफ्नो मुद्दा पहिले छिनोफानो हुनुपर्ने माग गर्दै प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक शाक्यले पनि सर्वोच्चमा निवेदन दिएका छन् ।
उनको पनि रिटमाथि आजै सुनुवाई हुँदैछ ।