शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एउटै मञ्चमा देखिए ओली, देउवा र दाहाल

बिहिबार, चैत्र १४ २०८१

काठमाडौं । धेरै समयपछि तीन ठूला दलका शीर्ष तीन नेता एउटै मञ्चमा देखिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै मञ्चमा देखिएका हुन् ।

विशेषतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकार ढलेपछि उनीहरुबीच तित्तता सुरु भएको थियो । तर आज उनीहरु फेरि एउटै मञ्चमा देखिएकाले उनीहरु बीच सम्बन्धमा सुधार हुँदै गएकाे अनुमान गरिन्छ ।

काठमाडाैंमा आज आयाेजित  ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उनीहरुले एउटै मञ्च प्रयोग गरेका छन् ।

औपचारिक रुपमा यी तीन नेताहरुले एउटै मञ्च शेयर नगरेको धेरै भएको थियो ।

कार्यक्रममा द्वन्द्वपीडित प्रतिनिधि, संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि हाना सिंगरलगायत सहभागी छन् ।

तस्वीर- रासस