काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागले सूचनामार्फत जनाएको छ ।
चैत्र १५ गते काठमाडौंको भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनलाई भव्य र सफल बनाउनको लागि थप रणनीति अख्तियार गर्न मोर्चाको बैठक आज बोलाईएको हो ।
राजावादीहरुको आन्दोलन र प्रदर्शन बढिरहेकोले त्यसको काउन्टरमा मोर्चाले यही चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हो । राजावादीहरुले पनि चैत्र १५ गते नै काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् ।