विराटनगर । सुनसरीको इटहरीमा रहेकाे सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीस्थित सेन्टर प्लाजामा बुधबार बिहान ९ः४३ बजेदेखि लागेको आगो अझै नियन्त्रण बाहिर रहेको छ ।
प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाका दुई वटासहित आधा दर्जन बढी दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
सेन्टर प्लाजामा रहेका एक जनाको उद्धार गरिएको छ ।
अन्यको पनि उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । अन्य कति जना छन् भन्ने खुलेको छैन ।