सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कुलमानलाई हटाएकोमा सत्तापक्षकै विरोध

मंगलबार, चैत्र १२ २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सत्तापक्षकै नेताहरुले विरोध गरिरहेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले कुलमानलाई हटाएको समाचार सार्वजनिक भएपछि कांग्रेसका दुवै महामन्त्रीले आपत्ति जनाएका छन् ।  घिसिङलाई बर्खास्त गरेको निर्णयमा  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाए ।

सरकारको यौ निर्णय ठिक नभएको बताउँदै महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने भए पनि यस्तो नभएको भन्दै दुःख व्यक्त गरे ।

‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो।। तर विडम्बना त्यो भएन,’ महामन्त्री थापाले भनेका छन्, ‘निर्णय गलत छ, सरकार १ उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’

अर्का महामन्त्री शर्माले पनि उक्त निर्णयप्रति आपत्ति जनाउँदै विमति व्यक्त गरेका छन् ।

‘कारबाही योग्य भए पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारकाले कुलमान हटाउन हुन्न थियो,’ उनले भनेका छन्, ‘सरकारले यो निर्णय निर्णय समयोचित विल्कुलै थिएन । यसप्रति खुला र प्रष्ट रुपमा विमति छ ।’

महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक र सार्वजनिक रुपमै सरकारलाई सजग गराइएको पनि बताएका छन् ।

घिसिङलाईहटाएको विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्। आज बिहान सामाजिक सञ्जालमा लेखेर सरकारको कुशासनको निरन्तरताको अर्को कडीभन्दै आक्रोश व्यक्त गरेकाछन् ।

उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताए।

‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, उनले लेखेका छन्, ’यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि!’