काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज पुनरावेदनका लागि उच्च अदालत जाने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको आदेशविरुद्ध उनी अहिले विहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।
लामिछानेले काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका थिए ।
सो मुद्दामा माघ २ गते ६० लाख धरौटीमा उनी रिहा भएका थिए ।