सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पोखरा महानगर उजुरी शाखाका प्रशासकीय अधिकृत घुससहित पक्राउ

शुक्रबार, चैत्र ८ २०८१

पोखरा । पोखरा महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई बिहीबार घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै एक लाख रुपैयाँ रकम मागेकोमा २५ हजार रुपैयाँ लिएको अवस्थामा महानगरको गेट अगाडिबाट उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।