सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

नेपाल कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रोकाहा विजयी

बुधबार, चैत्र ६ २०८१

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनी एक हजार ५३ मतसहित सभापतिमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत ल्याए । अध्यक्षकै प्रत्यासी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी) ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट) ले ५७ मत पाए ।

यस्तै सचिव र कोषाध्यक्षमा भने नेविसंघका उम्मेदवार विजयी भए । सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा सुशील खड्का विजयी भए ।

सदस्यहरुमा मौसम आचार्य (अनेरास्ववियु) दिपक कुमार यादव (अनेरास्ववियु) कृतिका बडाल (अनेरास्ववियु) रनवीर मिश्र (नेविसंघ) रिदम थापा (अनेरास्ववियु) अनुप कडेल (अनेरास्ववियु) लुकेश बुढा (अनेरास्ववियु) रेजिना कडरिया (अनेरास्ववियु) विजयी भएका छन् ।