काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेपाली समाज प्रशंसाको संस्कृतिबाट विमुख हुँदै गएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेले केन्द्र सरकारको बजेटबाट सम्पन्न योजनाको फोटो राखेर स्थानीय जनप्रतिनिधिको प्रशंसा गर्ने प्रचलन रहेको टिप्पणी गरेका छन् ।
‘केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारकाे नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ ! ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ? उनले लेखेका छन् ।