सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

ज्ञानेन्द्र शाहीलाई ‘मिस्टर’ भनेकोमा राप्रपाको आपत्ति, मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग

सोमबार, चैत्र ४ २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले पार्टीका सांसद ज्ञानेन्द्र शाहीमाथि भएको मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले आइतबार सांसदलाई आउ, मिस्टर तिमी भनेको भन्दै आपत्ति जनाए ।

सांसद सिंहले ज्ञानेन्द्रले चुनाव जितेर आएकाले उनलाई होच्याउन नपाइने बताए ।

‘हिजो संसद्मा राजतन्त्रको झुटो इतिहास सुनाएर ज्ञानेन्द्र शाहीलाई अपशब्द बोलेर मानहानी गरिएको छ । ‘ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका हुन्, उहाँले गठबन्धन र लठबन्दनभन्दा दोब्बर मत पाएर जित्नुभएको हो,’ सांसद सिंहले भने, ‘सांसद मर्यादाहीन तरिकाले पेश हुनु गम्भीर विषय हो, संसद्को रेकर्डबाट ती शब्द हटाएर सांसदलाई जिम्मेवार बन्न आग्रह गर्छु ।’

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाही र एमाले सांसद रघुजी पन्तबिच भनाभन भएको थियो । पन्तले सांसद शाहीलाई तिमी भनेका थिए ।