सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, चार जना घाइते

सोमबार, चैत्र ४ २०८१

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । चार जना घाइते भएका छन् ।

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपी ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उक्त गाडीमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ ।

घाइते सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

घाइते हुनेमा भारत उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसी उचहर बस्ने ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह रहेको डिएसपी अर्यालले जानकारी दिए ।