मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

विभिन्न ९ कम्पनी कालोसूचीमा

बुधबार, फाल्गुन २८ २०८१

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण नतिर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा एक लाखभन्दा बढी ऋणी कालोसूचीमा परेका हुन् ।

यसैबीच सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नका लेखाए बमोजिम ९ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा, रेसुङ्गा नगरपालिका–१२, गुल्मी, ममता मञ्जु कन्स्ट्रक्सन प्रालि, टोखा नगरपालिका–१० काठमाडौं, सनम निर्माण सेवा, खाँदबारी, संखुवासभा, निर्जरा निर्माण सेवा, खाँदबारी, संखुवासभा, जीएस निर्माण संसार कम्पनी प्रालि काभ्रे, कमन कन्स्ट्रक्सन काभ्रे लगायत छन् ।

कालोसूचीमा परेका कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालोसूचीमा राखिएको सूचनामा जनाइएको छ ।

उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले उल्लेख गरेको छ ।