मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

कास्की केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

मंगलबार, फाल्गुन २७ २०८१

काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

भूकम्पले केकति क्षति पुर्‍यायो सो जानकारी प्राप्त भएको छैन ।