मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

राजावादीको र्‍यालीमा भारतीय नेताको तस्वीर भाइरल

सोमबार, फाल्गुन २६ २०८१

काठमाडौं । पूर्वराजाको स्वागतमा देखिएको एउटा तस्वीरलाई लिएर विभिन्न क्षेत्रबाछ विभिन्न टिप्पणी सुरु भएको छ ।

राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै आइतबार विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्वीर बोकेका थिए ।

सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागीले योगीको तस्विरसहित प्रदर्शन गरेका थिए ।

उक्त तस्वीरलाई लिएर सामाजिक सञ्जालमा शेयर गदै प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले व्यङ्ग्य गरेका छन् । रिमालले लेखेका छन्– राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू….

भारतका नेताको तस्वीर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाएको भन्दै यतिबेला सामाजिक सन्जालमा प्रतिक्रिया व्याप्त भएका छन् ।

ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको थियो ।