काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा राजावादीहरूले भव्य स्वागत गर्ने तयारी गरेका छन् ।
राप्रपा र राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका हुन् ।
कुनै अप्रिय घटना नहोस भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
विमानस्थल आसपासमा ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह आज १ बजे हवाइमार्गबाट काठमाडौं आउँदैछन् ।
उनको स्वागतमा राप्रपा र राप्रपा नेपाल लगायत राजावादीहरु विमानस्थल जाने तयारी गरिएको छ ।
काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। चोक-चोकमा प्रहरीको संख्या बढाइएको छ।