काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ ।
काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा फागु पूर्णिमा होलीको चीर ठड्याइएको हाे। आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षकाे फागु पूर्णिमा पर्व सुरु भएकाे छ । चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।
चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ।
यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन २९ गते तराई मधेसका जिल्लाहरूमा चैत १ गते होली पर्व परेको छ।