मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

राप्रपा छाडेकी अन्जना शाह रावल राप्रपा नेपाल प्रवेश

बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेकी अन्जना शाह रावल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी छन्।

उनी राप्रपाको महिला संगठनको अध्यक्षमा थिईन् ।

उनले २०८१ असार ६ गते राप्रपा परित्याग गरेकी थिइन्।

बुधबार रावललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका हुन् ।

अहिले कथित नवराजावादीहरू हाबी भइरहेको उल्लेख गर्दै उनले २०६२/०६३ देखि नै हिन्दु राज्य र राजासहितको प्रजातन्त्र मुद्दा जन्माउने कमल थापा नेतृत्वको पार्टीमा योगदान गर्न प्रवेश गरेको बताएकी छन्।

‘२०६२/०६३ देखि नै हिन्दु राज्य र राजासहितको प्रजातन्त्र मुद्दा जन्माउने कमल थापालाई राजनीतिक घेराबन्दी पारिएको छ। कथित राजावादीहरू हाबी भइरहँदा मलाई लाग्यो थापा नेतृत्वको पार्टीमा गएर योगदान गर्नुपर्छ,’ उनले भनिन्।