मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

५२ संवैधानिक पदाधिकारी विरुद्धको रिटमा चैत ६ गते पुनः सुनुवाइ

बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ ।

बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध परेको रिटमाथि गत माघ २९ गते शुरू भइ हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भएको थियाे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ जना नियुक्त गरेका थिए । सो नियुक्तिविरुद्ध २०७७ मङ्सिर १ गते सर्वोच्चमा रिट दर्ता भएको थियो ।

उक्त नियुक्ति बदरको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीलगायतले रिट दर्ता गराएका थिए ।