मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

भिरबाट लडेर एक जनाको मृत्यु

बुधबार, फाल्गुन २१ २०८१

बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोचको खसेका थिए । उनका एक छोरा छन् ।