मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रधानमन्त्री ओलीलाई अमर्यादित शब्द प्रयोग गरेर प्रश्न सोध्ने दुई युट्यूवरको संसद पास निलम्बन

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित शब्द प्रयोग गरेर प्रश्न सोध्ने दुई युट्यूवरको संसद पास निलम्बनमा परेको छ ।

‘युवा मन नेपाल’ नामक युट्यूव च्यानलका किशोरकुमार श्रेष्ठ र ‘सुनौलो नेपाल’ च्यानलका प्रकाश ओलीकाे संसद पास निलम्बनमा परेकाे हाे। उनीहरुले अबको एक महिनासम्म संसद भवनमा प्रवेश गर्न पाउने छैनन् ।

गत फागुन ४ उनीहरुले प्रधानमन्त्री ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न सोधेका थिए ।

संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले पास उपलब्ध गराउने गर्छ।

सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेका ती युट्यूवरकाे संसद पास एक महिनाका लागि निलम्बन गरेको हो।

उनीहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ।