मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान दिइँदैन : गोकुल बाँस्कोटा

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान दिन नसकिने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाखमा सकाउने योजना सफल नहुने पनि बताएका छन् ।

राजावादीहरुले राजतन्त्र फर्काउने आन्दोलन चर्काइरहेका बेला एमाले सांसद बाँस्कोटाले यस्तो टिपप्णी गरेका हुन् ।

पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान नदिने उनको भनाइ छ ।

सांसद बाँस्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर ईतिहास रचे भन्दैमा ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दिएको उल्लेख गरेका छन्।

बाँस्कोटाले अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहलाई स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।