मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरुलाई बोकेर आएको चार्टर  विमान काठमाडौंमा अवतरण भएको छ ।

आज विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी -२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं छोडिदिएको हो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो ।

याेसहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । विमान मार्फत नेपालमै छोडिदिएको भने यो पहिलो घटना हो ।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ ।