मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

अवैध आप्रवासी नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदै

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । अमेरिकामा अवैधरूपमा बसेका ११ नेपालीलाई लिएर आज अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ ।

अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौंमा आउने भएको हो।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका ती नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउन लागे हो।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई) ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो।

स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।

पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ।  यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए ।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।