शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपालले अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्ने

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौँ । घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ ।

तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ ।