स्वीकृतीका लागी सांसदहरूलाई अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप
काठमाडौं । संसद् बैठकमा अध्यादेश प्रस्तुत गर्ने सरकारले तयारी गरेको छ । बुधबार बस्ने बैठकमा अध्यादेश प्रस्तुत गर्ने सरकारले तयारी गरेको हो ।
सत्तारुढ दलहरूबिच भुमीसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश पास गराउने सहमति यसअघि नै भएको हो ।
यसैबिच संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि नेपाली काँग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले एमएमएस गरेर आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप पनि जारी गरेका छन् ।