मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

टिकाथलीमा बोरिङ गर्दा आगोको ज्वाला निस्कियो

मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएकाे थियाे ।

३५० मिटर गहिराइबाट ग्याँस निस्केको र सो ग्याँसबाट आगो बलेको हो ।

महालक्ष्मी नगरपालिका स्थित टिकथलीमा एकजना स्थानीयले खानेपानीको लागि बोरिङ गर्दा ग्याँस निस्केको हो ।

बिहान करिब ८: ३० बजे बाट सुरू भएको आगो ढिलो गरी नियन्त्रणमा आएको थियो । आगो निभे पनि यो ठाउँमा ग्याँस भने अझै निस्किइरहेको छ । पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताएका छन् ।