काठमाडाैं । श्रीलङ्काको आवासीय राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत नियुक्त गरिएको हो।