मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रधानमन्त्रीले फागुन २३ गते कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने

सोमबार, फाल्गुन १९ २०८१

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

यहीँ फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने निश्चित भएको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरि सकेका छन्।

काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर उनले निम्तापत्र हस्तान्तरण गरेका हुन् ।